दफा १०७
सामूहिक जरिवाना
(१) कुनै गुल्म, स्क्वाड्रन, व्याट्री वा त्यस्तो अरू युनिटको सरसामान (इक्विपमेण्ट) कुनै हात हतियार, गोली गठ्ठा वा हात हतियारको कुनै पार्टपुर्जा हराए, चोरिएमा त्यस्ता युनिटका सेना, चमु, पृतना वा वाहिनीपतिले कोर्ट अफ्इन्क्वायरीको प्रतिवेदन पाएपछि पदिक, हुद्दा, अमल्दार, प्युठ र त्यस युनिटका व्यक्तिहरू सबैलाई वा जवाफदेही हुनुपर्ने भनी आपूले ठहयाए जति व्यक्तिहरूलाई सामूहिक जरिवाना गर्न सक्नेछ ।
(२) जरिवाना लागेका व्यक्तिहरूको तलबबाट दामासाहीले त्यस्तो जरिवाना असुल उपर गरिनेछ ।